Logo

खेलकुद

सिंगापुरविरुद्ध नेपाललाई पाचौ सफलता, गुल्सनले लिए एकै ओभरमा २ विकेट



आईसीसी टी २० विश्वकप छनोट अन्तर्गतको खेलमा नेपालले सिंगापुरविरुद्ध चौथो सफलता हासिल गरेको छ ।

नेपालका करण केसीले पहिलो सफलता दिलाएका थिए भने दोस्रो र पाचौ विकेट सन्दीप लामिछानेले दिलाए । तेस्रो विकेट र चौथो भने गुल्सन झाले लिए । टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले खाता नखोल्दै पहिलो विकेट गुमाएको थियो । पहिलो विकेटको रुप्मा कप्तान अरित्रा दत्तले खाता नै खोल्न सकेनन् ।

उनलाई करण केसीले विकेटकिपर आशिफ शेखबाट क्याच गराएका थिए । दोस्रो विकेटको रुपमा सिंगापुरले सुरेन्द्र चन्द्रमोहनलाई गुमाएको थियो । उनले १० बलमा ६ रन बनाएका बेला सन्दीप लामिछानेले पभेलियन पठाएका हुन् ।

तेस्रो र चौथो विकेटको रुपमा गुल्सन झाले सफलता दिलाए । गुल्सनले ३० बलफमा ४६ रनको पारि खेलेका रोहन रंगराजनलाई आउट गर्दै नेपाललाई दबाब मुक्त बनाएका थिए । त्यसपछि अमात्र्य कौललाई कटआउट गर्दै पभेलिन पठाए । उनले खाता खोल्न सकेनन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार ०९:५९   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।