काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सिंगापुरविरुद्धको खेलमा नेपालका ओपनर कुशल भर्तेलले अर्धशतक प्रहार गरेका छन् ।
टियु क्रिकेट मैदानमा जवाफी ब्याटिङमा उत्कृष्ट सुरुवात गर्दै उनले २६ बलमा दुई छक्का र ६ चौकको मद्दतमा ५० रन बनाएका हुन् ।
कुशलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं पटक अर्धशतक बनाएका हुन् । २५ खेल खेल्ने क्रममा उनले एक पटक शतक पनि प्रहार गरेका छन् ।




















प्रतिक्रिया