काठमाडाैं । ओमानले आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा मलेसियालाई १५४ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनायो ।
ओमानका कप्तान जिशान मकसुद ४६ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५६ रनमा अविजित रहे । मोहम्मद नदीम ११ बलमा २ चौका र १ छक्कासहित २१ रनमा नट आउट रहे ।
अन्तिम ओभरमा रिजवान हैदरलाई मकसुद र नदिमले दुई छक्का र एक चौका गरि कुल १९ रन बनाएको थियो । त्यसअघिको १९ औं ओभरमा ओमानले १४ रन जोडेको थियो ।
ओपनर कश्याप प्रजापति १६ बलमा ३ चौका र १ छक्कासहित २५, प्रतीक अथवले १२, अकिब इलियास ८, शोएब खान ४ र मेहरान खान १५ रनमा आउट भए । मलेसियाका विरनदीप सिंहले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । पवनदीप सिंह, रिजवान हैदर र विजय उन्नीले एक/एक विकेट लिए ।




















प्रतिक्रिया