पोखरा । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस सोमबार दिउँसो पोखरा पुगेका छन् । नेपाली सेनाको जहाजमार्फत पोखरा अवतरण गरेका गरेका गुटरेसलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
महासचिव गुटरेसको स्वागतका लागि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित पोखरा महानगरका मेयर धनराज आचार्य लगायत विमानस्थल पुगेका थिए । उनलाई मेयर आचार्यले नेपाली ढाकाटोपी समेत पहिर्याइदिएका थिए ।
गुटेरेस आज फिष्टेल लजमा रात बिताउने छन् भने मंगलबार बिहान अन्नपूर्ण बेसक्याम्प जानेछन् । नेपाल आइपुगेकै दिन आइतबार उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउद लगायतसँग भेटवार्ता गरिसकेका छन् । यस्तै उनले पाटनको भ्रमण पनि आइतबार नै गरेका थिए ।
आज बिहान सगरमाथा क्षेत्रको भ्रमणपछि उनी पोखरा पुगेका हुन् । उनले मंगलबार संघीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।




















प्रतिक्रिया