Logo

खेलकुद

विश्वकप क्रिकेट : अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले हरायो



काठमाडौं । जारी आईसीसी विश्वकपमा अफगानिस्तानले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राख्दा श्रीलंका भने समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । अफगानिस्तानले जारी विश्वकपमा तेस्रो जित निकाल्दै ६ अंक बनाएको छ ।

भारतको महाराष्ट्र क्रिकेट स्टेडियमा भएको खेलमा श्रीलंकालाई सात विकेटले हराउँदै अफगानिस्तानले सेमीफाइनलमा पुग्ने सम्भावना कायमै राखेको हाे । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २४१ रन बनाएको थियो। ओपनर पथुम निसान्काले सार्वधिक ४६ रन बनाए । अफगान बलर फाजिलहक फारुकिले चार विकेट लिए ।

जितका लागि २४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४५ दशमलव २ ओभरमा तीन विकेट गुमाएर २४२ रन बनायो ।

त्यसमा कप्तान हसमतुल्लाह शाहिदीले ५८ र अजमतुल्लाह ओमरजाईले ७३ रन बनाए । दुवै ब्याटर नटआउट रहे र उनीहरूले १११ रनको साझेदारी गरे । यस्तै रहमत शाहले पनि ६२ रन बनाए ।
जीत पछि अफगानिस्तानको ६ खेलबाट ६ अंक भएको छ र तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। १२ अंक सहित भारत पहिलो स्थानमा छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार ०७:३५   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।