Logo

खेलकुद

मेस्सीलाई कीर्तिमानी बालोन डी’ओर अवार्ड



काठमाडौं । लियोनल मेस्सीले कीर्तिमानी आठौंं पटक बालोन डी’ओर अवार्ड हात पारेका छन् । म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालाण्डलाई पछि पार्दै मेस्सीले अवार्ड हात पारेका हुन् । अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका मेस्सीले करियरको आठौं बालोन डी ओर हात पारेका हुन् ।

मेस्सीलाई यस वर्षको अवार्डको मुख्य दाबेदार मानिएको थियो । पेरिसमा सोमबार राती फुटबल लिजेण्ड डेभिड बेकह्यामले मेस्सीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

सिटीका फरवार्ड हालाण्ड दोस्रो स्थानमा रहे भने पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड केलियन एमबाप्पे तेस्रो स्थानमा रहे । केभिन डी ब्रुएन चौथौं र रोड्री पाँचौं स्थानमा रहे ।

सन् २०२२ को विश्वकपको उपाधि यात्रामा मेस्सीले सबै नकआउट म्याचमा गोल गरेका थिए । क्लब फुटबलमा पीएसजीलाई लिग वान जिताउन १६ गोल र १६ गोलको अवसर सिर्जना गरेका थिए ।

मेस्सीपछि रोनाल्डोले सर्वाधिक ५ पटक यो अवार्ड जितेका छन् । मेस्सी अहिले एमएलएस क्लब इन्टर मियामीबाट ब्यवसायीक फुटबललाई अघि बढाइरहेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार ११:३६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।