एजेन्सी । बेलायतमा एक सरकारी कर्मचारीलाई बर्खास्त गरिएको छ र लेबर पार्टीका एक सांसदलाई इजरायल-गाजा द्वन्द्वमा टिप्पणी गरेकोमा निलम्बन गरिएको छ।
मन्त्रीका सहयोगीको रूपमा काम गर्ने पल ब्रिस्टोले गत हप्ता प्रधानमन्त्री ऋषि सुनकलाई पत्र लेखे र ‘स्थायी युद्धविराम’ ले जीवन बचाउने र खाँचोमा परेकाहरूलाई पुग्न मद्दत गर्ने बताए। उनको भनाइबारे बेलायतकाे प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘उनको भनाइ सामूहिक उत्तरदायित्वको सिद्धान्तसँग बाझिएको छ ।’
लेबर सांसद एन्डी म्याकडोनाल्डले प्यालेस्टाइन समर्थक र्यालीमा भाषणमा प्रयोग गरेको शब्दलाई लिएर निलम्बन गरिएको छ। प्यालेस्टानीहरुकाे समर्थककाे र्यालीमा सांसद एन्डी म्याकडोनाल्डले ‘फ्रम दि रिभर टु द सी, प्यालेस्टाइन सुड बी फ्री’ भन्ने नारा बालेकाे भन्दै उनलाई निलम्बन गरिएकाे हाे । एन्डी म्याकडोनाल्ड भने आफूले हत्या रोक्न खोजेका बताउँछन् ।




















प्रतिक्रिया