Logo

खेलकुद

टी–२० विश्वकप छनोट : ओमनको लगातार दोस्रो जित, २२ रनले हार्‍याे सिंगापुर



काठमाडौं । नेपालमा जारी आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमनले लगातार दोस्रो जित दर्ता गरेको छ । टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सिंगापुरलाई २२ रनले पराजित गर्दै ओमनले जितलाई निरन्तरता दिएको हो ।

जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुर २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो । सिंगापुरका सुरेन्द्रन चन्द्रमोहनले ३१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन बनाए ।

मनप्रीत सिंहले २० बलमा २ छक्कासहित ३१, अरित्र दत्त १३, अनिश परामले २६ र रोहन रंगराजनले १२ रन बनाए । ओमानका बिलाल खान र फयाज बटले समान दुई विकेट लिए । सकिल अहमद, जिशान मकसुद, अकिब इलियास र मोहम्मद नदिमले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । ओमानको जितमा अकिब इलियास ३५ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रनको योगदान दिएका थिए ।

तेस्रो विकेटका लागि जिशान मकसुद र अकिब इलियासले ३२ बलमा ६९ रनको उत्कृष्ट साझेदारी गरेका थिए । जिशान १७ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट भए ।

ओपनर प्रतीक अथवले ३२ बलमा ७ चौकासहित ४२ तथा कश्याप प्रजापति १९ बलमा २ चौकासहित १२ रनमा आउट भएका थिए । दोस्रो विकेटका लागि अकिबले प्रतीकसँग मिलेर ३५ बलमा ५० रनको साझेदारी गरेका थिए ।

सिंगापुरका तीव्र गतिका बलर जनक प्रकाशले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । अनिश परामले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । रमेश कलिमुथुले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

ओमानले पहिलो खेलमा सिंगापुरलाई ३२ रनले हराएको थियो । बिहीबार नेपालसँग ओमानले खेल्नेछ । उक्त खेलले समूह ए को विजेता र उपविजेता निर्धारण गर्नेछ । सिंगापुर पहिलो खेलमा नेपालसँग ८ विकेटले पराजित भएको थियो । सिंगापुर बाहिरिएको छ । सिंगापुरले अन्तिम खेल बिहीबार मलेसियासँग खेल्नेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार १२:३८   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।