काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपालले आज मलेसियाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला बलिङ गरिरहेको नेपालले अर्को सफलता हात परेको छ ।
मलेसियाका अहम्मद फेइजलाई रनआउट गर्दै नेपालले दोस्रो सफलता हात परेको हो । फेइजले मलेसियाका लागि ४ बलमा ३ रन जेडेका थिए ।
यसअघि नेपालका लागि पहिलो विकेट अविनाश बोहराले लिएका थिए । उनले मलेसियाका जुबाइदी जुलकीफ्लेको विकेट लिएका हुन् ।




















प्रतिक्रिया