Logo

स्वास्थ्य

काठमाडौंमा ६७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु



कोरोना भाइरस महामारीबाट काठमाडौंमा ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । काठमाडौंको विशालनगरका ६७ वर्षीय वृद्धको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक पुरुष मधुमेह र उच्च रक्तचापका विरामी थिए । उनलाई मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०८  पुगेको छ ।

प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार  १ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।