Logo

खेलकुद

नेपालले मलेसियाबाट पायो १६६ रनको लक्ष्य



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपालले मलेसियाबाट १६६ रनको लक्ष्य पाएको छ । टियु क्रिकेट मैदान कीर्तिमापुरमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५६ रन बनायो ।

मलेसियाका लागि स्येद अजिजले सर्वाधिक ६८ रनको अर्धशतकीय इनिङ खेले । उनले ४९ बलमा ८ चौका र दुई छक्काको मद्दतमा ६८ रन बनाएका हुन् ।

यस्तै जुबाइदी जुलकिफ्लेले १६ बलमा तीन चौकको मद्दतमा २४, शरविन मुनिन्ड्यले १२ बलमा १३ तथा विजय उन्नीले अविजित १३ रन जोडे । त्यसबाहेक मलेसियाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि अविनाश बोहराले ४ विकेट लिए । सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले समान एक÷एक विकेट हात पारे ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार १४:५१   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।