Logo

राजनीति

कांग्रेस कपिलवस्तु–३ मा विवाद : विधिविपरीत महासमिति सदस्य चुनिएकाे भन्दै केन्द्रमा उजुरी



काठमाडौं । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ मा महासमिति सदस्य चयनको विषयमा विवाद भएकाे छ । विधिविपपरीत महासमिति सदस्य चयन गरिएको भन्दै केन्द्रमा आधा दर्जन प्रतिनिधले  उजुरी नै परेको छ ।

आधा दर्जन महाधिवेशन प्रतिनिधिले महासमातिका लागि पुन: निर्वाचनको माग गरेका छन् । यसरी माग गर्नेहरूमा महाधिवेशन प्रतिनिधि अभिषेकप्रताप शाह, कमलबहादुर क्षेत्री, सुशीला बेल्वासे, न‌ैनकला रेग्मी, प्यारमोहमत मिया, राधिका माली लगात छन् ।

उनीहरूले १४औं महाधिवेशनका प्रतिनिधिसँग सल्लाह नै नगरी, बैठक नै नबोलाई केन्द्रीय सदस्य रूपा विकको उपस्थितिमा क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय, महाधिवेशन प्रतिनिधि वीरेन्द्र  कनौडियालगायतले एकपक्षीय रूपमा महासमिति प्रतिनिधि छनौट गरेको आराेप लगाएका छन् । उनीहरूले सो कार्य पार्टीको विधान विपरीत रहेको भन्दै सच्याउनका लागि पुन:निर्वाचन गर्नुपर्ने अडान राख्दै केन्द्रमा उजुरी हालेका हुन् ।

त्यस्तै दलित कोटाबाट महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बनेकी विकले अहिले खुल्ला महिला क्लस्टरमा आफूलाई विधान विपरीत सिफारिस गरेको पनि निवेदनमा उल्लेख छ । महासमिति छना‌ैट प्रक्रिया अलोकतान्त्रिक, विधान विपरीत र जनताको भावना विपरीत भएको भन्दै अहिलेको सिफारिस कार्यान्वयन नगरी पूर्ण सहमति वा निर्वाचनको माध्यमबाट महासमिति सदस्य छनौटको व्यवस्था मिलाइदिन माग गरिएको छ ।

उनीहरूले क्षेत्रीय सभापति उपाध्यायले टिकट वितरणमा आकांक्षीहरूसँग पैसा लिएको भन्दै आवश्यक परे प्रमाण पेश गर्ने पनि उनीहरूले बताएका छन् ।

 

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार १६:५८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।