काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेस भ्रमणमा आएका बेला शान्ति प्रक्रियाका बारेमा देश विभाजित रहेको देखाउनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले नेपालको शान्ति प्रक्रियाका विषयका अन्तराष्ट्रिय समुदायको साथ पाइरहेको अवस्थामा नेपालकै केही नेताहरूले शान्ति प्रक्रियाका विषयमा देश विभाजित देखाएको बताए ।
‘उहाँ (महासचिव गुटेरेस)को पूरै सहयोग रहन्छ भन्नेमा विश्वस्त छु । सम्पूर्ण अन्तर्राष्ट्रिय समूदायको पनि सहयोगकै वातावरण देखेको छु मैले । मेरो निम्तोमा उहाँ आउनुभयो र नेपाल र नेपालीको लागि उहाँको भ्रमण सफल भयो, यो नेपाल र नेपालीको निम्ति खुशी र गर्वको कुरा हो’, एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको शान्ति प्रक्रियाको बारेमा संयुक्त राष्ट्रसंको, अन्तर्राष्ट्रिय समुदायको यति राम्रो धारणा छ । तर हाम्रै केही नेता साथीहरूले यस्तो बेलामा देश विभाजित देखाउनुभयो, त्यो भने दुर्भाग्यपूर्ण छ ।’
यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससँग आइतबार भएको भेटमा ओलीले एमाले शान्ति प्रक्रियाई निष्कर्षमा पुर्याउन प्रधानमन्त्री प्रचण्ड स्वयं बाधक बनेको दाबी गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरपछि नेपाललाई सहयोग गर्नुपर्ने, नेपाललाई संसारले माया गर्नुपर्नेलगायत गुटेरेसको सम्बोधन नेपालको पक्षमा रहेको बताए ।




















प्रतिक्रिया