Logo

अन्तर्राष्ट्रिय

गाजामा मोबाइल र इन्टरनेट पूर्ण रूपमा बन्द



एजेन्सी । गाजामा मोबाइल र इन्टरनेट सेवा पूर्ण रूपमा बन्द भएको छ।

बीबीसीका गाजा संवाददाता रश्दी अबुआलोफले यसको पुष्टि गरेका छन् । गाजाका केही मोबाइल फोनहरूले इजरायलका मोबाइल टावरहरूबाट सङ्केतहरू प्राप्त गरिरहेको उनको भनाइ छ। इजरायली वा अन्तर्राष्ट्रिय सिम कार्ड प्रयोग गरेर बाहिरी संसारसँग गाजाका केही मानिसहरुले भने सम्पर्क गरिरहेकाे बताइएकाे छ ।

प्यालेस्टिनी समाचार संस्थाहरू र हमासले गाजामा सञ्चारका सबै साधनहरू ठप्प भएको जानकारी दिएका छन्। गाजाको सबैभन्दा ठूलो सेवा प्रदायक पाल्टेलले केही घण्टा अघि यहाँ ‘सञ्चार पूर्ण रूपमा ठप्प भएको’ जानकारी दिएको थियो।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । त्यसयता इजरायली सेनाले गाजामा लगातार कारबाही गरिरहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १३:०५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।