Logo

प्रमुख समाचार

नेपालका आचार्यलाई हराउँदै डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया निर्देशकमा बंगलादेशकी साइमा विजयी



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा बंगलादेशकी साइमा बाजेदले बाजी मारेकी छन् । याँदिल्लीमा बसेको क्षेत्रीय कमिटीको बैठकले बंगलादेशकी प्रधानमन्त्री शेख असिनाकी छोरी साइमालाई चयन गरेको हो ।

यो पदका लागि नेपालका शम्भुप्रसाद आचार्य पनि उम्मेदवार थिए । तर साइमाले आचार्यलाई पराजित गरेकी हुन् । उनले ८ मत प्राप्त गर्दा आचार्यले २ मत पाए । नेपालले डब्लूएचओमै कार्यरत शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको थियो ।

तर प्रधानमन्त्रीकै छोरी उम्मेदवार भएकाले साइमाका लागि बंगलादेश सरकारले कूटनीतिक लबिइङमा जोड दिएको थियो । फलस्वरुप साइमाले बाजी मारेकी हुन् ।

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् ।

यिनै ११ देशका स्वास्थ्य मन्त्रीहरु पालैपालो क्षेत्रीय अध्यक्ष हुन्छन् । उनीहरुले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्दछन् । यसपटक म्यानमानर बाहेकका १० देशका स्वास्थ्यमन्त्रीहरुले क्षेत्रीय निर्देशक चयन गरेका हुन् । म्यानमारमा सैनिक शासन भएको र त्यसलाई संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले उसले यसपटक क्षेत्रीय निर्देशक चयनमा मत व्यक्त गर्न नपाएको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १३:४९   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।