काठमाडौं । नेकपा एमालेले दशैं, तिहार, छठलगायतका पर्वकाे अवसरमा आयाेजना गरेकाे चियापान कार्यक्रम सुरु भएकाे छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा राज्यका विभिन्न ओहदाका व्यक्ति, राजनीतिक दलका नेता, कूटनीतिक नियाेगका पदाधिकारी, विभिन्न पेशा, व्यवसायका संलग्न व्यक्तिहरू पुग्ने क्रम जारी छ ।
चियापन कार्यक्रममा पुग्ने पाहुनाहरूलाई अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतले स्वागत गरिरहेका छन् ।




















प्रतिक्रिया