Logo

अन्तर्राष्ट्रिय

विश्वकप : ४० बलमा शतक प्रहार गर्ने म्याक्सवेल घाइते, इंग्ल्याण्डविरुद्ध नखेल्ने



एजेन्सी । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेल घाइते भएकाले इङ्ल्यान्डविरुद्धको खेलमा प्लेइङ इलेभेनमा सहभागी नहुने भएका छन् ।

इंग्ल्याण्ड र अस्ट्रेलियाबीचको खेल नोभेम्बर ४ मा अहमदाबादमा हुनेछ । म्याक्सवेलले नेदरल्यान्ड्सविरुद्ध दिल्लीमा भएको खेलमा ४० बलमा शतक बनाएर विश्वकपमा नयाँ कीर्तिमान बनाएका थिए ।

आईसीसीका अनुसार म्याक्सवेल गल्फ कार्टबाट खसेका थिए । आईसीसीको वेबसाइटका अनुसार अष्ट्रेलियाले म्याक्सवेलको स्थानमा अन्य कुनै खेलाडीलाई विश्वकप टोलीमा समावेश गरेको छैन । यस्तो अवस्थामा उनलाई आगामी खेलमा म्याक्सवेलको प्लेइङ इलेभेनमा समावेश गर्ने अपेक्षा गरिएको छ ।

म्याक्सवेलले विश्वकपमा १९६ रन बनाएका छन् भने चार विकेट लिएका छन् । उनले नेदरल्याण्डविरुद्ध ४४ बलमा १०६ रन बनाएका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १६:३४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।