काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी महत्वपूर्ण विधेयक संसदको चालू अधिवेशनमा पास नहुने भएको छ । प्रतिनिधिसभाको बैठक भोलि (बिहीबार) बोलाइएको छ । उक्त बैठकमा शीर्ष नेताले सम्बोधन गरेर अधिवेशन अन्त्य गर्ने सरकारको तयारी गरेको छ ।
चालु अधिवेशन अन्त्य गर्नेबारेमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफलसमेत भइसकेको छ । संसद्को चालु अधिवेशन अन्त्य भए संक्रमणकालीन न्याय (टीआरसी) विधेयक पास हुन अर्को अधिवेशन कुर्नपर्ने हुन्छ ।
‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक’ कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन छ । संसदीय उपसमितिले अधिकांश विषयमा सहमति जुटाएर विधेयकको प्रतिवेदन तयार पारेको भएपनि शीर्ष सहमति जुट्न बाँकी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान मात्र विपक्षी दलका नेता केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग दुई विधेयक अगाडि बढाउने विषयमा छलफल गरेका थिए ।




















प्रतिक्रिया