Logo

खेलकुद

विश्वकप क्रिकेट : न्युजिल्याण्डलाई हराएसँगै दक्षिण अफ्रिका शीर्ष स्थानमा



काठमाडौं । आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डविरुद्ध शानदार जित दर्ता गरेको छ । बुधवार पुनेमा भएको खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई १९० रनले पराजित गर्दै आफूलाई तालिकाको शीर्ष स्थानमा उकालेको छ ।

दक्षिण अफ्रिका १२ अंकसहित शीर्ष स्थानमा उक्लिदा एक खेल कम खेलेको भारत भने समान अंक १२ सहित दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका रनरेटका आधारमा शीर्ष स्थानमा उक्लिएको हो ।

दक्षिण अफ्रिकाले जारी विश्वकपमा छैटौं जित निकाल्दा न्युजिल्याण्डले भने तेस्रो हार व्यहोरेको छ । यो हारसँगै तेस्रो स्थानमा रहेको न्युजिल्याण्ड चौथो स्थानमा झरेको छ भने चौथो स्थानमा रहेको अस्ट्रेलिया तेस्रो स्थानमा उक्लिएको छ ।

३५८ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड पुरै ओभर पनि खेल्न सकेन । ३५.३ ओभरमा सवै विकेट गुमाएर १६७ रन मात्रै बनाउन सक्यो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार ०८:०७   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।