Logo

खेलकुद

युएईले दियो हङकङलाई १७७ रनको लक्ष्य



काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईले हङकङलाई १७७ रनको लक्ष्य दिएको छ ।

मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको छ ।

युएईका लागि बसिल हमिदले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । उनले २९ बलमा चार चौका र तीन छक्काको मद्दतले ५१ रन बनाउँदै आउट भएका हुन् । त्यस्तै कप्तान मोहम्मद वसिमले ४६, आलिशान साफारुले ३४ र बृतिया अरबिन्दले १९ बनाए । अलि नासिर एक तथा आयान अफजल खान दुई रनमा अविजित रहे ।

हङकङका लागि यासिम मुर्तजाले तीन, नरसुल्ला रानाले दुई र इशान खानले एक विकेट लिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार ११:१५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।