काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईले हङकङलाई १७७ रनको लक्ष्य दिएको छ ।
मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको छ ।
युएईका लागि बसिल हमिदले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । उनले २९ बलमा चार चौका र तीन छक्काको मद्दतले ५१ रन बनाउँदै आउट भएका हुन् । त्यस्तै कप्तान मोहम्मद वसिमले ४६, आलिशान साफारुले ३४ र बृतिया अरबिन्दले १९ बनाए । अलि नासिर एक तथा आयान अफजल खान दुई रनमा अविजित रहे ।
हङकङका लागि यासिम मुर्तजाले तीन, नरसुल्ला रानाले दुई र इशान खानले एक विकेट लिए ।




















प्रतिक्रिया