Logo

खेलकुद

युएईको छैटौं विकेट गयो



काठमाडाैं । टी–२० एसियाली विश्वकप छनौटको लागि मैदानमा उत्रिएका नेपाल र यूएईबीचको खेल चलिरहेकाे छ ।

१७ ओभर सकिएपछि मैदानमा बलिङका लागि आएका सन्दिप लामिछानेको बलिङमा युएईका बसिल हमिद आउट भएका छन् । युएईको छैटौं विकेट गएको छ । १७ ओभर सकिएपछि आएका सन्दिपको पहिलो बलमै युएईको छैटौं विकेट पतन भएको हो । युएईले १८ ओभरमा ११८ रन जोडेको छ ।

युएईले जोड्यो १७ औं ओभरमा ११८ रन

रोहित पौडेलपछि मैदानमा आएका अभिनास बोहोराको बलिङमा युएईले १७ ओभरको क्षतिमा ११८ रन जोडेको छ । उसको पाँच विकेट गइसकेको छ ।

१६ ओभरमा युएईले जोड्यो १०० रन

५ ओभर सकिएलगत्तै बलिङका लागि रोहित पौडेल मैदानमा आएका थिए । पौडेलको पाँचौ बलिङको प्रहारमा युएईको पाँचै विकेट गएको छ । युएईका अलि नसिर आउट भएका छन् । १६ ओभर सकिँदा युएईले ५ विकेटको क्षतिमा सय रन जोडेको छ ।

१५ ओभरमा युएईले जोड्यो ९४ रन

१४ ओभर सकिएलगत्तै बलिङका लागि मैदानमा आएका सन्दिप लामिछानेको बलिङमा युएईले एक ओभरभर जम्मा चार रन जोडेको छ ।

१४ ओभर सकिँदा युएईले ९० रन जोडेको थियो ।

युएईको चौथो विकेट पतन

१३ ओभर सकिएलगत्तै बलिङ गर्न आएका कुसल मल्लको बलिङमा युएईको चौथो विकेट गएको छ । उनको १३ ओभर एक बलको बलिङमा अलिसान सरफु आउट भएका हुन् ।

१३ ओभर सकिँदा युएईले जोड्यो ८४ रन

१२ ओभर सकिएलगत्तै नेपाली टोलीका अभिनास बोहोर बलिङमा आएका थिए । बोहोराको बलमा युएईले एक चौका र चार रन जोड्न सफल भयो । उसले १ं३ ओभर सकिँदा ८४ रन बनायो ।

१२ ओभर सकिँदा युएईले जोड्यो ७५ रन

११ ओभर सकिएलगत्तै कुसल मल्ल मैदानमा आएका छन् । कुसल मल्लले एक ओभरमा युएईलाई एक रन मात्र जोड्न दिएका छन् ।

११ ओभर सकिँदा युएईले जोड्यो ७५ रन

१० रन सकिएलगत्तै गुलसन झाले बलिङ गरेका थिए । उनको बलिङमा युएईले दुई चौका र पाँच र न जोडेको थियो । युएईले ११ ओभर सकिँदा ७५ रन जोडेको थियो ।

१० ओभर सकिँदा युएईको तीन विकेट गएको छ । लामिछानेको बलिङमा युएईको तीन विकेट गएको हो । युएईका आशिफ खान आउट भएका छन् । १० ओभर सकिँदा युएईले ६२ रन जाेडेका छ ।

टी–२० विश्वकप छनोट खेलमा युएईविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् । लामिछानेले दशौं ओभरको अन्तिम बलमा आसिफ खानलाई एलबीडल्बु आउट गरेका हुन् ।

नौ ओभर सकिँदा युएईले जोड्यो ५६ रन

नौ ओभरभर गुल्सन झाले बलिङ गरे । उनको बलिङमा युएईले एक चौका र दुई रन गरी ६ रन जोड्न सफल भयो ।

सात ओभर सकिएलगत्तै सन्दिप लामिछाने बलिङका लागि मैदानमा आएका थिए । आठ ‌ओभर सकिँदा युएईले जेड्यो ५० रन जेडेको छ ।

सात ओभरमा युएईले जोड्यो ४६ रन

गुल्सन झा मैदानमा आएका छन् । सात ओभर सकिँदा युएईले ४६ रन जोडेको छ ।

युएईले जेड्यो ६ ओभरमा ४१ रन

साेमपाल कामीको बलिङमा दुई युएईको दुईवटा विकेट गुमेपछि खेललाई लयमा फर्काउने तयारीमा युएई खेलिरहेको छ । एकै ओभरमा सोमपालको बलिङमा युएईका दुईवटा विकेट पतन भएका थिए । ६ ओभर सकिँदा युएईले दुई विकेटको क्षतिमा ४१ रन जोड्न सफल भएको छ ।

खेल मुलपानी मैदानमा जारी छ । यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १२:३१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।