काठमाडाै । टी–२० एसियाली विश्वकप छनौटको लागि युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ । उसले नाै विकेटको क्षतिमा १३४ रन जोड्न सफल भएको हो ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो ।
युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६ रन बनाए । नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।
युएईको आठ विकेट पतन
एकै ओभरमा फेरि युएईको दुई विकेट गएको छ । कुसल मल्लको बलिङमा युएईको आठ विकेट पतन भएको हो ।
युएईको सातौं विकेट पतन
युएईको सातौं विकेट गएको छ । कुसल मल्लको बलिङमा युएईको सातौं विकेट गएको हो ।
१७ ओभर सकिएपछि मैदानमा बलिङका लागि आएका सन्दिप लामिछानेको बलिङमा युएईका बसिल हमिद आउट भएका छन् । युएईको छैटौं विकेट गएको छ । १७ ओभर सकिएपछि आएका सन्दिपको पहिलो बलमै युएईको छैटौं विकेट पतन भएको हो । युएईले १८ ओभरमा ११८ रन जोडेको छ ।
युएईले जोड्यो १७ औं ओभरमा ११८ रन
रोहित पौडेलपछि मैदानमा आएका अभिनास बोहोराको बलिङमा युएईले १७ ओभरको क्षतिमा ११८ रन जोडेको छ । उसको पाँच विकेट गइसकेको छ ।
१६ ओभरमा युएईले जोड्यो १०० रन
५ ओभर सकिएलगत्तै बलिङका लागि रोहित पौडेल मैदानमा आएका थिए । पौडेलको पाँचौ बलिङको प्रहारमा युएईको पाँचै विकेट गएको छ । युएईका अलि नसिर आउट भएका छन् । १६ ओभर सकिँदा युएईले ५ विकेटको क्षतिमा सय रन जोडेको छ ।
१५ ओभरमा युएईले जोड्यो ९४ रन
१४ ओभर सकिएलगत्तै बलिङका लागि मैदानमा आएका सन्दिप लामिछानेको बलिङमा युएईले एक ओभरभर जम्मा चार रन जोडेको छ ।
१४ ओभर सकिँदा युएईले ९० रन जोडेको थियो ।
युएईको चौथो विकेट पतन
१३ ओभर सकिएलगत्तै बलिङ गर्न आएका कुसल मल्लको बलिङमा युएईको चौथो विकेट गएको छ । उनको १३ ओभर एक बलको बलिङमा अलिसान सरफु आउट भएका हुन् ।
१३ ओभर सकिँदा युएईले जोड्यो ८४ रन
१२ ओभर सकिएलगत्तै नेपाली टोलीका अभिनास बोहोर बलिङमा आएका थिए । बोहोराको बलमा युएईले एक चौका र चार रन जोड्न सफल भयो । उसले १ं३ ओभर सकिँदा ८४ रन बनायो ।
१२ ओभर सकिँदा युएईले जोड्यो ७५ रन
११ ओभर सकिएलगत्तै कुसल मल्ल मैदानमा आएका छन् । कुसल मल्लले एक ओभरमा युएईलाई एक रन मात्र जोड्न दिएका छन् ।
११ ओभर सकिँदा युएईले जोड्यो ७५ रन
१० रन सकिएलगत्तै गुलसन झाले बलिङ गरेका थिए । उनको बलिङमा युएईले दुई चौका र पाँच र न जोडेको थियो । युएईले ११ ओभर सकिँदा ७५ रन जोडेको थियो ।
१० ओभर सकिँदा युएईको तीन विकेट गएको छ । लामिछानेको बलिङमा युएईको तीन विकेट गएको हो । युएईका आशिफ खान आउट भएका छन् । १० ओभर सकिँदा युएईले ६२ रन जाेडेका छ ।
टी–२० विश्वकप छनोट खेलमा युएईविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् । लामिछानेले दशौं ओभरको अन्तिम बलमा आसिफ खानलाई एलबीडल्बु आउट गरेका हुन् ।
नौ ओभर सकिँदा युएईले जोड्यो ५६ रन
नौ ओभरभर गुल्सन झाले बलिङ गरे । उनको बलिङमा युएईले एक चौका र दुई रन गरी ६ रन जोड्न सफल भयो ।
सात ओभर सकिएलगत्तै सन्दिप लामिछाने बलिङका लागि मैदानमा आएका थिए । आठ ओभर सकिँदा युएईले जेड्यो ५० रन जेडेको छ ।
सात ओभरमा युएईले जोड्यो ४६ रन
गुल्सन झा मैदानमा आएका छन् । सात ओभर सकिँदा युएईले ४६ रन जोडेको छ ।
युएईले जेड्यो ६ ओभरमा ४१ रन
साेमपाल कामीको बलिङमा दुई युएईको दुईवटा विकेट गुमेपछि खेललाई लयमा फर्काउने तयारीमा युएई खेलिरहेको छ । एकै ओभरमा सोमपालको बलिङमा युएईका दुईवटा विकेट पतन भएका थिए । ६ ओभर सकिँदा युएईले दुई विकेटको क्षतिमा ४१ रन जोड्न सफल भएको छ ।
खेल मुलपानी मैदानमा जारी छ । यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ ।




















प्रतिक्रिया