Logo

खेलकुद

नेपालको पहिलो विकेट पतन



काठमाडौं । तीन ओभरमै नेपालको एक विकेट गएको छ । कुसल भुर्तेल आउट भएका छन् । नेपालले चार ओभरमा २९ रन जोडेको छ ।

नेपालले युएई विरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । मुलपानी क्रिकेट रंगशालामा भएको खेलमा युएईले नेपाललाई जितका लागि १३४ रनको टार्गेट दिएको छ । पहिलाे ब्याटिङमा कुसल भुर्तेल र आशिफ शेख आएका थिए । भुर्तेल आउट भएपछि आशिफ शेख र गुल्सन झाले ब्याटिङ सम्हालेका छन् ।

कुशल तेस्रो ओभरमा ११ रन बनाएर आउट भएका हुन् । उनलाई मोहम्मद वासिमकोे हातबाट निलसन केशवानीले आउट गराए ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा  विकेट गुमाउँदै १ सय ३४  रन जोडेको थियो ।

युएईले सुरुवाती तीन ओभरमै २९ रन बनाएको थियो । तर चौथो ओभरमा सोमपालले एक रन आउटसहित दुई विकेट लिएपछि नेपाल खेलमा फर्किएको थियो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । तीन ओभरमा १० रन मात्रै खर्चिएर ३ विकेट लिएका हुन् । त्यस्तै सन्दीप लामिछानेले, सर्वाधिक २ विकेट लिए उनले चार ओभरमा १४ रन मात्रै खर्चिएर एक मेडनसहित २ विकेट लिए । त्यस्तै रोहित पौडेलले एक विकेट लिए ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । घाइते दीपेन्द्रसिंह ऐरी खेल्दा सन्दीप जोरा बेन्चमा छन् । विजेता टोली २०२४ को टि२० विश्वकप खेल्न पाउनेछ ।

युएईका लागि भृत्य अरविन्दले अर्धशकीय पारी खेले । कप्तान मोह्मद वासिमले २६, आशिफ खानले १३, अलिशान शाराफुले १६ रन जोडे ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १३:०३   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।