काठमाडौं । तीन ओभरमै नेपालको एक विकेट गएको छ । कुसल भुर्तेल आउट भएका छन् । नेपालले चार ओभरमा २९ रन जोडेको छ ।
नेपालले युएई विरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । मुलपानी क्रिकेट रंगशालामा भएको खेलमा युएईले नेपाललाई जितका लागि १३४ रनको टार्गेट दिएको छ । पहिलाे ब्याटिङमा कुसल भुर्तेल र आशिफ शेख आएका थिए । भुर्तेल आउट भएपछि आशिफ शेख र गुल्सन झाले ब्याटिङ सम्हालेका छन् ।
कुशल तेस्रो ओभरमा ११ रन बनाएर आउट भएका हुन् । उनलाई मोहम्मद वासिमकोे हातबाट निलसन केशवानीले आउट गराए ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १ सय ३४ रन जोडेको थियो ।
युएईले सुरुवाती तीन ओभरमै २९ रन बनाएको थियो । तर चौथो ओभरमा सोमपालले एक रन आउटसहित दुई विकेट लिएपछि नेपाल खेलमा फर्किएको थियो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । तीन ओभरमा १० रन मात्रै खर्चिएर ३ विकेट लिएका हुन् । त्यस्तै सन्दीप लामिछानेले, सर्वाधिक २ विकेट लिए उनले चार ओभरमा १४ रन मात्रै खर्चिएर एक मेडनसहित २ विकेट लिए । त्यस्तै रोहित पौडेलले एक विकेट लिए ।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । घाइते दीपेन्द्रसिंह ऐरी खेल्दा सन्दीप जोरा बेन्चमा छन् । विजेता टोली २०२४ को टि२० विश्वकप खेल्न पाउनेछ ।
युएईका लागि भृत्य अरविन्दले अर्धशकीय पारी खेले । कप्तान मोह्मद वासिमले २६, आशिफ खानले १३, अलिशान शाराफुले १६ रन जोडे ।




















प्रतिक्रिया