काठमाडौं । ओमानले आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको पहिलो सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको छ । ओमानले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि २० विश्वकप खेल्न पाउनेछ ।
बहराइनले दिएको १०७ रनको लक्ष्य ओमानले १४.१ ओभरमा सवै विकेट सुरक्षीत गरेर पूरा गरेको हो ।
ओमानको जितमा कश्यप प्रजापति र प्रतिक अथभालेले उत्कृष्ट पारि खेले । कश्यप प्रजापतिले अर्धशतकीय पारि खेल्दा प्रतिक अथभालेले २ रनले अर्धशतक बनाउन असफल भए । दुवै खेलाडी नटआउट रहेका हुन् । प्रजापतिले ५७ तथा अथभालेले ४८ रनको नटआउट पारि खेलेका हुन् ।
पहिला ब्याटिङ गरेको बहराइनले निर्धारित ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । बहराइनका लागि इमरान अलिले सर्वाधिक ३० रन बनाउँदा अमिर विन नासरले नटआउट २६ रन बनाए । यसैगरी सर्फराज अलिले २३ रन जोडे । अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन ।
ओमानका अकिव इलियासले सर्वाधिक ४ विकेट लिँदा सकेल अहमदले २ विकेट लिए । त्यसैगरी विलाल खान र फयाज बट र जिसन मक्सुदले एक एक विकेट लिए ।




















प्रतिक्रिया