काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले उक्त जानकारी दिएका हुन् ।
, ‘आज बिहान ५ बजेसम्मको विवरण अनुसार ३६ प्लसको मृत्यु भएको छ भने ५३ जना अस्पतालमा भर्ना हुनु भएको छ ।’
उनका अनुसार रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।
डिएसपी भट्टराईका अनुसार मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो खसेर बाटो अवरुद्ध र त्यसलाई पन्छाउने काम जारी छ । पालिकाभित्रका अन्य सहायक सडकहरुमा पनि सुक्खा पहिरो गएको छ ।
जाजरकोटमा लगातार भूकम्पका धक्का
शुक्रबार राति जाजारकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पपछि निरन्तर साना र ठुला पराकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
सो भूकम्प लगत्तै १२ बजेर ८ मिनेट जाँदा ४.५ म्याग्न्च्यिुडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु पैंक र रामिडाँडाको आसपास रहेको थियो । त्यसपछि १२ बजेर २९ मिनट जाँदा ४.२ म्याग्निच्युडको अर्को परकम्प गएको थियो भने १२ बजेर ३५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको परकम्प गएको थियो ।
जाजरकोटमा ६.४ म्याग्निच्यूडको भूकम्प, केन्द्र जमिनबाट १० किलोमिटर तल




















प्रतिक्रिया