Logo

अर्थ

भूकम्प पीडितको उद्धार तथा पुनर्स्थापनाको लागि कांग्रेसले ५० लाख दिने



काठमाडाैं । नेपाली कांग्रेसले भूकम्प पीडितकाे उद्धार, राहत र पुनर्स्थापनाका लागि पचास लाख उपलब्ध गराउने भएकाे छ । जाजरकोटकाे रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति भएकाे छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै त्यस प्रभावित क्षेत्रका पीडितकाे उद्धार राहात तथा पुनस्थापनाको लागि ५० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएका हुन् । कांग्रेसले याे रकम सरकारको कोषमा जम्मा गरिदिने जनाएकाे छ ।

यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न कांग्रेसले सबैमा अपील समेत गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १२:१०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।