काठमाडौं । नेपाल आयाल निगमले भूकम्प प्रभावितको उद्धार तथा राहतका लागि खटिने जहाजमा लाग्ने इन्धनको शुल्क नलिने भएको छ ।
राहत तथा उद्धार कार्यत्रमा खटिएका नेपाल एयरलाईन्सका जहाज र नेपाली सेनाको हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन बापतको रकम निगमले आर्थिक वर्ष ०८०/८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट बेहोर्ने जानकारी गराएको छ ।
निगमले भूकम्पबाट ठूलो मानवीय क्षति भएकोप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य उपचारलगायत उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन पनि अनुरोध गरेको छ ।





















प्रतिक्रिया