Logo

खेलकुद

खराब लयमा नेपाल, कुशल भुर्तेलको विकेट पनि पतन



काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध खेलिरहेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ ।

यसअघि दुई विकेट गुमाइसकेको नेपालले तेस्रो विकेटमा ओपनर कुशल भुर्तेललाई गुमायो । भुर्तेलले २२ बलमा ३ चौका र दुई छक्काको मद्दतमा ३१ रन जोडे । भुर्तेलको विकेट ओमनका अकिब इल्यासले लिएका हुन् ।

नेपालले अर्का ओपनर आसिफ र सन्दिप जोरालाई यसअघि नै सस्तैमा गुमायो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार ११:३७   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।