काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध खेलिरहेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ ।
यसअघि दुई विकेट गुमाइसकेको नेपालले तेस्रो विकेटमा ओपनर कुशल भुर्तेललाई गुमायो । भुर्तेलले २२ बलमा ३ चौका र दुई छक्काको मद्दतमा ३१ रन जोडे । भुर्तेलको विकेट ओमनका अकिब इल्यासले लिएका हुन् ।
नेपालले अर्का ओपनर आसिफ र सन्दिप जोरालाई यसअघि नै सस्तैमा गुमायो ।




















प्रतिक्रिया