Logo

अर्थ

माओवादी केन्द्रले भूकम्प पीडितलाई ५० लाख रुपैयाँ दिने



काठमाडाैं । सत्तारुढ नेकपा माओवादी केन्द्रले कर्णालीका भूकम्प पीडितहरूकाे राहत र पूनर्निमाणका लागि रु. ५० लाख रुपैयाँ दिने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले पीडितहरूलाई पार्टीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय भएको सचिव गणेश साहले जानकारी दिए ।

बैठकले राहत र पुनर्निमाणका लागि सबै प्रदेश कमिटीसँग समन्वय गर्ने जिम्मा महासचिव देव गुरुङलाई दिएको छ । राहत तथा पुनर्निमाणका लागि सिंगो पार्टी कमिटी, केन्द्रीय निकाय, जनवर्गीय संगठन र मोर्चा लगायतलाई निर्देशन दिएको सचिव साहले जानकारी दिए ।

शुक्रबार राति जाजरकोटको रामिडाँडामा ६.४ म्याग्निच्युटको भूकम्प जाँदा १५७ जानाको ज्यान गएको थियो भने २५६ जना घाइते भएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १६:२१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।