Logo

प्रमुख समाचार

जाजरकाेट भूकम्प : निःशुल्क उपचार र पुनःस्थापनाका लागि संसदीय समितिको निर्देशन



काठमाडौं । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकले जाजरकोट–भूकम्पबाट घाइतेहरुको उद्धार, शीघ्र र निःशुल्क उपचारका साथै राहत र पुनःस्थापना कार्यमा राज्यका सम्पूर्ण शक्ति परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिका सभापति प्रकाश पन्थको अध्यक्षतामा आज भएको बैठकले राज्यको सम्पूर्ण शक्ति परिचालन गरी प्रभावकारी रुपमा एकद्वार प्रणालीबाट व्यवस्थापन गर्न नेपाल सरकारलाई निर्देशन दिइएको समितिका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए ।

समितिले भूकम्पको क्षति उपर राहत एवं पुनःस्थापना गर्ने कार्यमा सम्पूर्ण स्वदेशी तथा विदेशी दातृ निकाय, राज्यका सबै तह, निकाय, सङ्घसंस्था एवं सम्पूर्ण नागरिकलाई सहयोगका लागि एकजुट हुन सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आईतवार १९:१९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।