Logo

स्वास्थ्य

कोरोना संक्रमित काँग्रेस नेता विश्वकर्मा आइसीयुमा



नेपाली कांग्रेसका नेता मीन बहादुर विश्वकर्मा कोरोना संक्रमित भएपछि ग्रान्डी अस्पतालको आइसीयुमा उपचाररत रहेका छन् । गत कार्तिक १ गते कोरोना पोजेटिभ देखिएका नेता विश्वकर्मालाई उपचारका लागी चारदिन अघिदेखि आइसीयुमा राखिएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि विश्वकर्मा वीर अस्पताल भर्ना भएता पनि स्वास्थ्यमा थप समस्या आएपछि उनलाई ग्रान्डीमा रिफर गरिएको थियो । विश्वकर्माको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनमा अक्सिजनको कमि देखिएको छ । कोभिड–१९ ले फोक्सोमा समेत असर देखाएको ग्राण्डी अस्पताल श्रोतले बताएको छ । 

पूर्वमन्त्रीसमेत रहेका विश्वकर्मा नेपाली कांग्रेसको भ्रातृ संस्था दलित संघका अध्यक्ष हुन् ।

प्रकाशित : १५ कार्तिक २०७७, शनिबार