Logo

प्रमुख समाचार

युराेप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्र जाने



काठमाडौं । युराेप भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पौडेल  भाेलि (मंगलबार) भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरूको अवस्थाबारे जानकारी लिन उनी भाेलि बिहान त्यसतर्फ जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

भूकम्पपछि अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् । प्राकृतिक विपद्को बेला राष्ट्रपति विदेश भ्रमण जान अनुपयुक्त हुने आवाज उठेपछि उनले युरोप भ्रमण स्थगित गरेका हुन् ।

 

  • याे पनि…

राष्ट्रपति पाैडेलको युरोप भ्रमण स्थगित

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १६:३९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।