Logo

खेलकुद

असलंकाको शतकमा श्रीलंकाद्वारा बंगलादेशलाई २८० रनकाे लक्ष्य



काठमाडाै‌ । भारतमा जारी आईसीसी टी–२० विश्वकपमा श्रीलंकाले बंगलादेशलाई २८० रनको लक्ष्य दिएको छ । दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४९.३ ओभरमा २७९ रनमा अल आउट भयो ।

मध्यक्रमका ब्याटर चरिथ असलंकाको शतकमा श्रीलंकाले याे याेगफल तयार पारेकाे हाे । असलंकाले १ सय ५ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए । चरिथ बाहेक अन्य कुनैपनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । ओपनर पाथुम निसंका ३६ बलमा ८ चौकासहित ४१ रनमा आउट भए । कुशल परेरा ४ र कुशल मेन्डिस १९ रनमा आउट भएका थिए ।

सदिरा समाराविक्रमा ४२ बलमा ४ चौकासहित ४१ रनमा सकिब अल हसनको बलमा क्याच आउट भए । हसनको बलमा सदिरा महमुदूल्लाहबाट क्याच आउट भएका थिए । उनी आउट भएपछि हेल्मेट समस्याको कारण तयार हुन दुई मिनेट समय भन्दा बढी लगाएपछि एन्जिलो म्याथ्युज टाइम आउट भएका थिए । क्रिकेट इतिहासमा म्याथ्युज टाइम आउट हुने पहिलो खेलाडी हुन् ।

धनन्जय डि सिल्भा ३४, महेश थिक्सेना २२ र दुश्मन्था चामिरा ४ रनमा आउट भएका थिए । बंगलादेशका तान्जिम हसन सकिबले १० ओभरमा ८० रन खर्चेर ३ विकेट लिए । सकिब अल हसनले १० ओभरमा ५७ रन खर्चेर २ विकेट लिए । शोरिफुल इस्लामले ९.३ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १८:५९   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।