Logo

प्रमुख समाचार

भूकम्प प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल



काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत उनी मंगलबार त्यहाँ पुगेका हुन् ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरूको अवस्था बुझ्न जाजरकाेट र रुकुम जानकै लागि राष्ट्रपति पाैडेलले २० कात्तिकदेखि तय भएको युराेप भ्रमण स्थगित गरेका थिए ।

मंगलबार जाजरकोट पुगेका उनी रुकुम पश्चिम पनि जाने कार्यक्रम छ । राष्ट्रपतिसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापतिलगायत  पनि भूकम्प प्रभावित क्षेत्र पुगेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १२:४३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।