काठमाडौं । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न करिब साढे २७ करोडमा ठेक्का लगाइएको छ। सिनामंगलको एमएसआईपीएल-एएससी पावर लिमिटेडले ठेक्का पाएको छ।
राष्ट्रिय खेलकुद परिषद्(राखेप)का अनुसार २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा उक्त कम्पनीले फ्लड लाइट जडानको ठेक्का पाएको हो ।
यसअघि सरकारले टियु क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्ने घोषणा गरेपनि ठेक्का लाग्नै सकिरहेकाे थिएन । अब फ्लड लाइट जडानपछि टियु क्रिकेट मैदानमा राति पनि खेलहरू सन्चालन गर्न सकिने छ।




















प्रतिक्रिया