Logo

खेलकुद

टियु क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न करिब साढे २७ करोडमा ठेक्का



काठमाडौं । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न करिब साढे २७ करोडमा ठेक्का लगाइएको छ। सिनामंगलको एमएसआईपीएल-एएससी पावर लिमिटेडले ठेक्का पाएको छ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का अनुसार २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा उक्त कम्पनीले फ्लड लाइट जडानको ठेक्का पाएको हो ।

यसअघि सरकारले टियु क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्ने घोषणा गरेपनि ठेक्का लाग्नै सकिरहेकाे थिएन । अब फ्लड लाइट जडानपछि टियु क्रिकेट मैदानमा राति पनि खेलहरू सन्चालन गर्न सकिने छ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १४:४१   :  बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।