Logo

अर्थ

क्षमताभन्दा बढी बिस्तार हुँदा लघुवित्त क्षेत्रमा दबाब बढ्दै गएकाे अध्ययन समितिको निष्कर्ष



काठमाडाैं । क्षमताभन्दा बढी बिस्तार भएकोले लघुवित्त क्षेत्रमा दबाब बढ्दै गएकाे अध्यय समितिले निश्कर्ष निकालेकाे छ ।  लघुवित्त वित्तीय संस्थाहरुको समस्या सामाधानको लागि बनेको उच्च स्तरीय अध्ययन समितिले यस्तो निश्कर्ष निकालेको छ।

विगत केही वर्षयता लघुवित्त वित्तीय संस्थाका शाखा, कर्मचारी संख्या र कर्जा बिस्तार उच्च रहनुले समग्र क्षेत्रको उच्च बिस्तार देखाएको समितिको निश्कर्ष छ। २०७९ चैतमा शाखा संख्या ५ हजार १६४, कर्मचारी २२ हजार ८४६ र कर्जा लगानी रु.४४१.४ अर्ब रहेको छ । समितिको प्रतिवेदनमा भनिएकाे छ, “प्रति शाखा कर्जा लगानी र प्रति कर्मचारी कर्जा प्रवाह विगत दशकमा बढी क्रमशः ८ करोड ५५ लाख र रु.१ करोड ८९ लाख पुग्नुले लघुवित्त क्षेत्र क्षमताभन्दा बढी बिस्तार भएको सङ्केत गरेको छ ।”

विगतमा सम्पत्तिमा प्रतिफल २५ प्रतिशत र स्प्रेड ८ प्रतिशत भन्दा बढी रहनुले लघुवित्त वित्तीय संस्थाले उच्च नाफा कमाउने गरेकामा हाल सम्पत्तिको प्रतिफल ५.२ प्रतिशतमा झरेको छ । २०७९ चैत मसान्तमा २० वटा संस्थाको यस्तो प्रतिफल ऋणात्मक रहेको छ । सञ्चालन आत्मनिर्भरता अनुपात घटेर १०३.२ पुगेको छ भने निष्क्रिय कर्जा अनुपात बढी ७.४३ प्रतिशत पुगेको छ । यी सूचकले लघुवित्त क्षेत्रमा बढ्दो दबावको अवस्थाको सङ्केत गरेको प्रतिवेदनमा उल्लेख छ।

हेर्नुहाेस् अध्ययन प्रतवेदन:–

 

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १७:५७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।