Logo

खेलकुद

नेपाललाई टी–२० विश्वकपमा पुर्‍याउने खेलाडीले जनही १३ लाख पाउने



काठमाडाैं । नेपाललाई आगामी २०२४ टी–२० विश्वकपमा पुर्‍याउने नेपाली क्रिकेट टोलीका खेलाडी जनही १३ लाख रुपैयाँ पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्टिय टाेलीका खेलाडीहरूलाई नगद पुरस्कार दिन सिफारिस गरेकाे हाे ।

राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो । १५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको हाे ।

प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्ष, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफासिर गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले पनि क्रिकेट टोलीलाई ५० लाख पुरस्कारले सम्मान गर्ने जनाएको छ । गत आइतबार सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १८:२९   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।