Logo

अर्थ

पोखरामा एटिएम मेसिन तोडफोड गर्ने भारतीय नागरिक पक्राउ



कास्की । पोखरा महानगरपालिका–८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा एकजना भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले भारतको बिहार घर भइ पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। पसीले एटिएम मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई क्षति पुर्‍याएको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले एटिएम बुथ नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनको साथबाट पेचकस १ थान, रड १ थान र कैँची १ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार १५:१८   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।