Logo

खेलकुद

आईसीसी एकदिवसीय विश्वकप : सेमिफाइनल पुग्ने हाेडमा तीन टोली, बढी सम्भावना कसकाे ?



काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिलेसम्म तीन टोली सेमिफाइनलमा पुगिसकेका छन् । अब एक टाेलीकाे टुंगाे लाग्न बाँकी छ । सेमिफाइनल पुग्ने उक्त हाेडमा न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् भने आयोजक भारतसहित दक्षिण अफ्रिका र अष्ट्रेलियाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

१० टोली सहभागी विश्वकपमा चार टाेली लिग चरणका खेलहरू नसकिँदै बाहिरिइसकेका छन् । सेमिफाइनलकाे हाेडमा रहेका  न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान तीनै टोलीको समान ८ अंक छ । तर नेटरनरेटका आधारमा न्युजिल्याण्ड केही अघि छ । उसको प्लस ०.३९८ छ भने पाकिस्तानको प्लस ०.०३६ छ । यस्तै अफगानिस्तानको माइनस ०.३३८ छ ।

तीनै टोलीले चार खेल जित्दा चारमा पराजित भएका थिए । अब हुने तीन खेल तीनवटै टोलीका लागि महत्वपूर्ण छ । आज न्युजिल्याण्डले श्रीलंकासँग खेल्दैछ भने अफगानिस्तानले शुक्रबार दक्षिण अफ्रिका र पाकिस्तानले शनिबार इंग्ल्याण्डसँग खेल्नेछ । तीनै टोलीका लागि सेमिफाइनल पुग्ने सम्भावना बाँकी छ । त्यसमा टाेलीकाे प्रदर्शनसँगै अन्य टिमको नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ ।

 सेमिफाइनल यात्रा बलियाे बनाउन न्युजिल्याण्डले बैंग्लाेरमा हुने श्रीलंकासँगकाे खेल जित्नैपर्ने दबाब छ । आजकाे खेलमा हार बेहाेरेमा न्युजिल्याण्डकाे सेमिफाइनल सम्भावना संकटमा पर्नेछ । बैंग्लाेरमा पानी पार्ने सम्भावना रहेकोले यो खेल मौसममा पनि निरभर रहने देखिएकाे छ । वर्षाका कारण आजकाे खेल राेकिएमा पनि न्युजिल्याणका लागि दुर्भाग्य हुनेछ ।

यस्तै पाकिस्तानले इंग्लयाण्डसँग खेल्दा सेमिफाइनल पुग्नका लागि जित्नैपर्ने हुन्छ । पाकिस्तानलाई जितेरमा मात्र पुग्दैन, सेमिफाइनल पुग्ने उसकाे सम्भावना अन्य खेलको नतिजामा पनि भर पर्नेछ ।

न्युजिल्याण्ड र अफगानिस्तानको खेलपछि पाकिस्तानले खेल्ने हुँदा पाकिस्तानलाई कस्तो नतिजा चाहिन्छ त्यही अनुसार खेल्ने अवसर हुनेछ ।  अफगानिस्तानले सेमिफाइनल पुग्न दक्षिण अप्रिकालाई हराउनुपर्नेछ । तर याे पनि उसका लागि पर्याप्त छैन । सेमिफाइनल पुग्न उसले अन्य दुई खेलको नतिजा पनि हेर्नुपर्नेछ ।

यी तीन टाेलीमध्ये चाैथाे स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने टाेलीले अपराजित भारतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।  भारत शीर्ष स्थानमा रहने पक्का भइसकेकोले चौथो स्थानमा रहने टोलीसँग आउने बुधबार पहिलो सेमिफाइनल खेल्नेछ ।

दक्षिण अफ्रिका र अष्ट्रेलिया दोस्रो र तेस्रो स्थानमा रहने पक्का भएकोले अब भारतले चौथो स्थानको टोलीसँग सेमिफाइनल खेल्नेछ । क्रिकेट फ्यानहरू तुलनात्मक रुपमा अन्य टाेलीकाेभन्दा भारत र पाकिस्तानबीचकाे भिडन्त हेर्न राेमाञ्चक मान्छन् । पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेकाले भारतसँगकाे प्रतिस्धपर्धाकाे सम्भावना पनि कायमै छ ।

त्यसका लागि इंग्ल्याण्डलाई ठूलो अन्तरले पराजित गर्दै न्युजिल्याण्ड र अफगानिस्तानलाई पछि पारेमा पाकिस्तानले सेमिफाइनलमा भारतसँग खेल्नुपर्नेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार १२:३२   :  बजे

291
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।