Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से ११.८५ अकंले घटेर १८५२.०८ बिन्दुमा बन्द भएको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक १.३६ अंकले घटेर ३५८.४० को विन्दुमा पुगेको छ ।

आज २८२ कम्पनीको २८ लाख ३३ हजार ७३१ कित्ता सेयर किनबेच हुँदा ८३ करोड ६० लाख ५ हनार रुपैयाँको कारोबार भएको छ ।

आज १३ वटै उपसूचक राताम्य भएका छन् । बिहिबार बैंकिङ समूहको ०.२१ प्रतिशत, विकास बैंक समूहको ०.४३ प्रतिशत, फाइनान्स समूहको १.३१ प्रतिशतले सेयर मूल्य ओरालो लागेको हो ।

बिहिबार सोनापुरको ७ करोड ७० लाख र सोल्टी होटलको ३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । आज सयपत्रि हाइड्रोपावरको ६.९६ प्रतिशत, सनराइज ब्लूचिप कोषको ५.८५ प्रतिशत, ओरियन्टल होटलको ४.०३ प्रतिशतले सेयर मूल्य बढेको हो ।

त्यस्तै, माउन्टेन इर्नर्जीको ६.५८ प्रतिशत, नेपाल एसबिआइ बैंकको ६.४३ प्रतिशत र मायाखोला हाइड्रोपावरको ६.३७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार १५:४८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।