Logo

खेलकुद

विश्वकप क्रिकेट : सेमिफाइनलकाे झिनाे सम्भावना बाेकेकाे अफगानिस्तान दक्षिण अफ्रिकासँग भिड्दै



काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप–२०२३ मा आज (शुक्रबार) दक्षिण अफगानिस्तानले अफ्रिकाको सामना गर्दैछ । अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल सेमिफाइनलकाे झिनाे सम्भावना बाेकेकाे अफगानिस्तानका लागि निक्कै महत्वपूर्ण छ ।

सेमिफाइनल पुग्ने सम्भावना प्राविधिक रुपमा मात्र बाँकी रहेकाे अफगानिस्तानले यसअघि नै सेमिफाइनल पुगिसकेकाे दक्षिण अफ्रिकालाई आज विशाल रनकाे अन्तरले हराउनुपर्ने हुन्छ ।

सेमिफाइनल हाेडमा रहेका पाकिस्तान र अफगानिस्ताकाेभन्दा न्युजिल्यान्डकाे सम्भावना अत्यन्तै बलियाे छ । प्रारम्भिक चरणमा आफ्नो सबै खेल खेलिसकेको न्युजिल्यान्ड १० अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । एक खेल खेल्न बाँकी पाकिस्तान आठ अंकसहित पाँचौँ स्थानमा छ । शुक्रबार दक्षिण अफ्रिकासँग आफ्नो अन्तिम खेल खेल्न लागेकाे अफगानिस्तान आठ अंकसहित तालिकाको छैठौँ स्थानमा आसिन छ ।

तर, नेट रन रेटमा पाकिस्तानी र अफगानिस्तानभन्दा न्युजिल्यान्ड निकै अगाडि छ । न्युजिल्यान्डको नेट रन रेट ०.७४३ रहेको छ । पाकिस्तानको नेट रन रेट ०.०३६ छ । अफगानिस्तानको नेट रन रेट भने —०.३३८ रहेको छ ।

जारी विश्वकपको सेमिफाइनलमा पुग्न अफगानिस्तानले बिहीबारको खेलमा दक्षिण अफ्रिकालाई ४३८ रनको विशाल अन्तरले हराउनु पर्ने हुन्छ । दक्षिण अफ्रिकालाई त्योभन्दा कम रनले हराएमा अफगानिस्तान लिग चरणबाटै बाहिरिनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार ११:२१   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।