Logo

अर्थ

नेपाल टेलिकमको नाफामा गिरावट, प्रतिशेयर आम्दानी पनि घट्याे



काठमाडाैं । नेपाल टेलिकम (NTC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.९० प्रतिशत कम हो। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको बिक्री आम्दानी र वित्तीय आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ५.४३ प्रतिशत घटेको छ भने वित्तीय आम्दानी ७.७८ प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ३.५४ प्रतिशत घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ४० पैसा घटेर ४५ रुपैयाँ ५ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५३४ रुपैयाँ ८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.४७ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष समीक्षा अवधिमा ३.०४ प्रतिशत बढेर ७८ अर्ब १३ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

प्रकाशित मिति : कार्तिक २५, २०८० शनिबार  १२ : १९ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।