Logo

राजनीति

राहत सामग्रीसहित उपप्रधानमन्त्री खड्का रुकुम पश्चिममा



काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित क्षेत्रका सबै पीडितलाई राहत सामग्री उपलब्ध गराउने काम भइरहेको बताएका छन् ।

भूकम्पपीडित परिवारका लागि राहत लिएर आज रुकुम पश्चिम पुगेका उपप्रधानमन्त्री खड्काले भूकम्प प्रभावितले समयमै राहत नपाएको विषयमा सरकार गम्भीर भएको उल्लेख गर्दै आइतबारसम्म सबै पीडितलाई राहत सामग्री पुर्‍याउने बताए । करिब एक हजार दुई सय परिवारलाई पुग्ने त्रिपाल लिएर उनी आज प्रभावित क्षेत्रमा पुगेका हुन् ।

उपप्रधानमन्त्री खड्काले रूकुम पश्चिम पुर्‍याएको त्रिपालमध्ये जाजरकोटको भेरी नगरपालिका, रूकुम पश्चिमको चौरजहारी नगरपालिका र मुसिकोट नगरपालिकामा पाँच/पाँच सय तथा सल्यानको बाँफीकोट गाउँपालिकामा दुई सय ९२ र सल्यानकै त्रिवेणी गाउँपालिकामा पाँच सय वटा वितरण गरिनेछ ।

यही कात्तिक १७ गते जाजरकोट केन्द्र भई भूकम्प गए यता उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावितको उद्धार र राहतमा सक्रिय छन्। स्थानीय तह र प्रशासन र प्रदेश सरकारसँग समन्वय गर्दै राहत अपुग स्थानमा क्षेत्रमा स्थल र हवाईमार्गमार्फत उहाँ राहत वितरण कार्यमा केन्द्रित छन् ।

प्रकाशित मिति : कार्तिक २५, २०८० शनिबार  ३ : २८ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।