काठमाडौं । हङकङमा हुने चार देशीय महिला टी–२० क्रिकेट शृंखलामा जाने नेपाली टाेलीकाे बिदाइ गरिएकाे छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई बिदाइ गर्यो ।
यही कात्तिक २९ गतेदेखि हुने शृंखलाका लागि नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दैछ । त्यसअघि शनिबारकाे बिदाइ कार्यक्रममा नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफूहरूले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरिन् ।
११ वर्षयता नेपालको कप्तानी समाल्दै आएकी रुविना क्षेत्रीलाई हटाउँदै क्यानले यसै साता इन्दुलाई नेतृत्वको जिम्मेवारी दिएको हो । इन्दुका निम्ति यो शृंखला पहिलो परीक्षा समेत हुनेछ ।
यसलाई चुनौतीका रूपमा लिएको इन्दुले बताइन् । पछिल्लो समय कमजोर पक्षमा ध्यान दिएको उनले उल्लेख गरिन् । विशेष गरी फिल्डिङ र फिटनेसमा काम गरिएको उनको भनाइ छ ।




















प्रतिक्रिया