नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा आर्थिक वृद्धिदर सकारात्मक रुपमा अघि बढेको बताएका छन् ।
आज (शनिवार) कीर्तिपुरमा गरिएको पार्टीको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन । उनले आर्थिक समृद्धिका लागि सरकारले लगातार प्रयत्न गरेको पनि बताएका छन् ।
उनले भने, ‘मौर्दिक नीति र वित्तिय नीति सुधार गर्नका लागि, बैंकको ब्याजदर घटाउनका नीम्ति, जग्गाको कारोबार बढाउन कित्ताकाट खुलाउनका निम्ति, अर्थतन्त्रलाई चलायमान बनाउनका नीम्ति धेरै मिहेनत गरियो । भनेजस्तो परिणाम आएको छैन तर केही सुधार भएको छ ।
पहिले भनेजस्तो नेपाल अब श्रीलंका नै हुन्छ भन्ने अब त्यस्तो आतंक छैन । अहिले राजस्व पनि बृद्धि हुन थालेको छ, इतिहासमै बढी पर्यटक एकै महिनामा भित्रिएका छन् । रेकर्ड बढेको छ, रेमिट्यान्स बढेको छ ।
अहिले बिदेशी मुद्राको सञ्चिती अत्यन्त उत्साहप्रद छ ।’ उनले अहिले आर्थिक संकट समाधानका लागि आफूले तिहार लगतै बृहत भेलाको आयोजना गर्न लागेको र त्यसबाट अर्थतन्त्रमा गुणात्मक पहल गर्न आउने नीति तथा कार्यक्रममा समावेश गरेर जाने बताएका छन् ।
उनले सरकारले गरेका राम्रा काम जनतामा पुर्याउन आग्रह गर्दै २०८४ मा २०६४ कै जस्तो माओवादी बनाउनेगरी अगाडि बढ्न आग्रह गरे ।




















प्रतिक्रिया