Logo

प्रमुख समाचार

जनतालाई दुःख पर्दा नबोल्ने सरकार आवश्यक छैन, देश लुट्ने थलाे बन्याे : चन्द्र भण्डारी



बुटवल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जनताको पहुँच सरकारमा पुर्‍याउन बनाएको संयन्त्रले ध्यान पुर्‍याउन नसक्दा नागरिकका कुरा सरकारले सुन्ने वातावरण नभएको बताएका छन् । जसका कारण नागरिकका माग सम्बोधन गर्न र संविधान कार्यान्वयन गर्न समस्या भइरहेको उनले बताए ।

रुपन्देहीको तिलोत्तमामा शक्रबारबाट सुरु भएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव उद्घाटन गर्दै नेता भण्डारीले नागरिकलाई दुःख पर्दा सरकारले सुन्न र बोल्न पर्ने भए पनि त्यस्तो वातावरण नभएको बताए ।

नेता भण्डारीले जनतालाई दुःख पर्दा नबोल्ने सरकार आवश्यक नरहेको भन्दै सच्चिन आग्रह गरे । ‘जनतालाई दुःख पर्दा नबोल्ने सरकार आवश्यक छैन । जनमैत्री सरकार बनोस् । जनताका कुरो सुनोस् । सच्चिनु पर्छ,’ उनले भने ।

देशलाई लुट्ने थलो बनाइएको आरोप लगाउँदै उनले प्रत्येक वर्ष प्रधानमन्त्री थप्ने काममात्रै भएको टिप्पणी गरे । नेता भण्डारीले आफूले सदन तथा सडकबाट ८ देखि १६ प्रतिशत बैंक ब्याज बढाउने काम गलत भएको आवाज उठाउँदै आएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार ०७:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।